काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भनेर आलोचना भयो ।
त्यसपछि सरकारले खरिद सम्झौता रद्द गर्यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई) सँग भएको सम्झौताबारे आफू जानकारी नै नभएको बताएका छन् ।
मंगलवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा नेताहरूले प्रश्न उठाएपछि ओलीले खरिदबारे आफूलाई थाहा नै नभएको जानकारी दिएका छन् ।
‘स्वास्थ्य सेवा विभागका महानिर्देशकको स्तरमा सम्झौता भएको रहेछ । तर मलाई सम्झौताअघि जानकारी नै थिएन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।
बैठकमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओम्नीमार्फत खरिद गरिएको गुणस्तरहीन स्वास्थ्य सामग्रीका कारण पार्टीको प्रतिष्ठा धुमिल भएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।