आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपा बैठकमा केपी ओलीले दिए जवाफ, के भयो निर्णय ?

नेकपा बैठकमा केपी ओलीले दिए जवाफ, के भयो निर्णय ?

  • मंगलवार, चैत्र २५ २०७६

  • 3.1K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लागिरहेका बेला मंगलबार बसेको सचिवालय बैठकमा ओलीले जवाफ दिएका छन् । बैठकमा ओलीले सरकारले कोरोना रोकथाम र उपचारका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी दिएका छन् । कोरोना रोकथामबारे सरकारको तयारीबारे सचिवालय सदस्यहरूले जिज्ञासा राखेका थिए । सरकारका पछिल्ला काम विवादित बनेपछि नेकपा सचिवालय बैठक बस्नुपर्ने आवाज उठेको थियो । बैठकको विवरणबारे प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको सामना गर्न चालिएका कदमबारे छलफल भएको जनाएका छन् । यस्तो छ प्रेस विज्ञप्ति – प्रेस विज्ञप्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारम्भमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनुभयो । बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले यस कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराउनुभयो । बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आ–आफ्ना महत्त्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिनुभयो । प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिने गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएर बैठक सम्पन्न भयो । नारायणकाजी श्रेष्ठ प्रवक्ता नेकपा २५ चैत २०७६

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २५ २०७६०५:१५:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend