आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा कोरोनाबाट बच्न बैशाख १८ गतेसम्म सरकारी प्रतिबन्ध

नेपालमा कोरोनाबाट बच्न बैशाख १८ गतेसम्म सरकारी प्रतिबन्ध

  • मंगलवार, चैत्र २५ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले आगामी बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाइ उडानमा प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले अन्तर्राष्ट्रिय उडानमा बैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले यसअघि सरकारले बैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको भएपनि प्रतिबन्धलाई बैशाख १८ गतेसम्म थप गरिएको बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै यसअघि सरकारले पहिलो चरणमा चैत ९ देखि चैत १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि प्रतिबन्धको अवधि थप गर्दै समितिले बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आन्तरिक हवाइ उडानका सन्दर्भमा भने निर्णय भई नसकेको बिडारीले बताएका छन् । ‘आन्तरिक उडानका विषयमा छलफल भएपनि अहिले नै निर्णय गरिएको छैन । यसबारेमा पछि निर्णय लिनेछौं,’ उनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २५ २०७६०३:०२:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend