मंगलवार, चैत्र २५ २०७६
काठमाडौं–कोरोनाको कहरका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बहुप्रतिक्षित सम्बोधन पनि कोरा भाषणमै सीमित भएको छ । देशवासीका नाममा बालुवाटारबाट नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
सम्बोधनकोे दौरान ओलीले सरकारविरुद्ध बेमौसमी प्रजारबाजी भैरहेको बताए । चैत ७ गतेको सम्बोधनमा भन्दा खास नयाँ कुरा गर्न नसकेका प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारीलाई नछाड्ने पुरानै कुरा दोहोर्याए । सञ्चारमाध्यमको आलोचना गरेका प्रधानमन्त्री ओलीले गरिब जनता लक्षित कुनै घोषणा गरेनन् ।
सरकारलाई लागेको भ्रष्टाचार आरोपको प्रतिवाद गरेका प्रधानमन्त्री ओलीले अझै केहीदिन सारोगार्हो झेल्न जनतालाई आग्रह गरेका छन् । ओलीको सम्बोधन सकिए लगत्तै सामाजिक सञ्जालमा आयोजना सुरु भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।