आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक, महत्वपूर्ण निर्णय लिइने

कोरोनाबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक, महत्वपूर्ण निर्णय लिइने

  • मंगलवार, चैत्र २५ २०७६

  • 3.9K
    SHARES

  • काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दै छ।

    कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो। बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

    कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव सहभागी हुनेछन्। त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा रहनेछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २५ २०७६०५:३५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend