काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्बोधन गर्न लागेका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जनाएका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने जनाइएको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ गतेबाट सुरू भएको लकडाउन पुनः १ हप्ता थप्दै बैशाख ३ गतेसम्म बढाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।