आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारको भ्रष्टाचार काण्ड नेकपामा प्रवेश, ओलीले चित्तबुझ्दो जवाफ दिनुपर्ने

सरकारको भ्रष्टाचार काण्ड नेकपामा प्रवेश, ओलीले चित्तबुझ्दो जवाफ दिनुपर्ने

  • मंगलवार, चैत्र २५ २०७६

  • 4.3K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस रोकथामका लागि चीनबाट खरिद गरेका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको आरोपले चर्चित काण्डमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा छलफल हुने भएको छ । विपदका बेला सरकारका कामकारवाहीको आलोचना हुन थालेपछि नेकपा सचिवालय सदस्यले बैठक बोलाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका थिए । नेकपाले अध्यक्षद्वय ओली र प्रचण्डको आपसी परामर्शपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बैठक बोलाइएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस संक्रमणमा केन्द्रित रहेर सचिवलाय बैठकमा छलफल हुने बताएका छन् । सचिवालय बैठकमा नेताहरूलाई छलफलको एजेण्डा जानकारी नगराइएपनि कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले चीनबाट ओम्न बिजनेस प्रालिमार्फत खरिद स्वास्थ्य सामग्रीमा भएको अनियमिततासहित मुख्य तीन विषयमा छलफल हुन सक्ने सचिवालयका एक नेताले बताएका छन् । ‘चीनबाट खरिद स्वास्थ्य सामग्रीमा भएको अनियमितता, जीटुजी भनेर सेनामार्फत खरिद गर्ने सरकारको निर्णय र प्रधानमन्त्रीको टीम मुछिने गरी मिडियामा भएको हस्तक्षेपको विषय वरिपरि छलफल केन्द्रित हुन सक्नेछ,’ ती नेताले भने । पार्टीमा छलफल नै नगरी कोरोना नियन्त्रणका नाममा भइरहेका निर्णय र त्यसले नेकपाको प्रतिष्ठामै पुर्‍याएको धक्काप्रति नेताहरू असन्तुष्ट छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मुछिएका ती प्रकरणलाई लिएर अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठसँग टेलिफोनमा अनौपचारिक छलफल गरेका छन् । सचिवलाय बैठकमा भ्रष्टाचारको चर्चाबारे ओलीसँग जवाफ मागिने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २५ २०७६०२:३१:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend