आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रहरी प्रशासनको चौघेरामा पूर्वमन्त्री बस्नेतले दिए स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री

प्रहरी प्रशासनको चौघेरामा पूर्वमन्त्री बस्नेतले दिए स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री

  • सोमवार, चैत्र २४ २०७६

  • 5.6K
    SHARES

  • सिन्धुपाल्चोक – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अवरोधका बाबजुद पूर्व सूचना तथा सञ्चार मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मेडिकल सामग्री सिन्धुपाल्चोकका स्वास्थ्य संस्थामा सहयोग गर्दै आएका छन् । चीनबाट फैलिएको कोभिड–१९ कोरोना भाइरसले विश्वमा आक्रान्त बनाएपछि सरकारले गरेको लकडाउनपछि सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य संस्था तथा अस्पतालमा कोरोना भाइरसको रोकथामको लागि प्रयोग गरिने मास्क, स्यानिटाइजर, ग्लोब्स, स्वास्थ्यकर्मीको लागि एप्रोन, गाउन र कोरोना संक्रमित बिरामीको उपचारमा खटिन प्रयोग गरिने (पीपीई) व्यक्तिगत सुरक्षा सामग्री वितरण गर्दै आएका बस्नेतलाई सरकारी निकायले रोक्न खोजेका छन् । कोरोना भाइरसको त्रास र नेपालमा भएको लकडाउनपछि त्रासदीपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नको लागि नेता बस्नेतले मेडिकल सामाग्री सहयोग गर्दै आएको बताए । सरकारले स्वास्थ्य सामग्री तथा राहत वितरणमा एकद्वार नीति अपनाएपनि सिन्धुपाल्चोकमा हालसम्म कुनै पनि स्वास्थ्य सामग्री आउन सकेको छैन । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा बस्नेतले आवश्यक मेडिकल सामग्री सहयोग गर्दै आएपछि सत्तारूढ दलका नेताहरू बस्नेतलाई रोक्न प्रशासनलाई दबाब दिन थालेको नेता मोहनबहादुर बस्नेतले बताए । ‘हामीलाई प्रहरीले पिछा गरेपनि जनताको काम गर्दा कुनै अप्ठ्यारो नपर्ने भन्दै प्रहरीको पिछा र अवरोध छिचोल्दै अहिलेको अवस्थामा सहयोग गर्न निस्किएको छु,’ बस्नेतले भने, ‘अहिले सरकारले कुनै पनि मेडिकल सामान उपलब्ध गराउन सकेको छैन । तर मैले विभेदकारी नबनी प्रहरी प्रशासनदेखि स्वास्थ्यकर्मी सञ्चारकर्मीहरूको लागि समेत सहयोग गर्दै आएपछि सत्तारूढ दलका नेताहरूले सरकारको आडमा प्रहरी प्रशासनलाई दबाब दिएर रोक्न खोजे पनि आफूले कुनै प्रवाह नगरी सिन्धुपाल्चोकमा मेडिकल सामान सहयोग गर्दै आएको छु ।’ उनले गुनासो गरे, ‘जिल्लाभर प्रहरी सर्कुलर गरेर मलाई स्वास्थ्य सस्थामा जानको लागि रोक्न खोजियो । आज मात्रै इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सहितको टोलीले रोक्न खोजेपनि त्यो सम्भव भएन । मेरो पिछा गर्दै प्रहरी आएपनि हामीले चोकटी स्वास्थ्य चौकीको लागि मेडिकल सामग्री सहयोग गर्‍यौं ।’ सोमबार प्रहरीले गस्ती र पिछा गरेपनि बस्नेतले मांखा स्वास्थ्य चौकी, चोकटी स्वास्थ्य चौकीमा पुगेर सहयोग सामग्री हस्तान्तरण गरेका छन् । नेपालमा लकडाउन र स्वास्थ्य सामग्री अभावपछि यसरी पाएको सहयोगले स्वास्थ्यकर्मीमा खुशी देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २४ २०७६०३:१३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend