आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मानेभञ्ज्याङ गाउँपालिकाबाट स्वास्थ्यकर्मीलाई पीपीई

मानेभञ्ज्याङ गाउँपालिकाबाट स्वास्थ्यकर्मीलाई पीपीई

  • सोमवार, चैत्र २४ २०७६

  • 6.7K
    SHARES

  • काठमाडौं – ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमणविरुद्ध व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ । गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पीपीई सेट, ग्लोब्स, मास्क, हेन्ड स्यानिटाइजर, फिनायल, डिटल साबुन, स्याब्लोन झोल वितरण गरेको हो । गाउँपालिका प्रमुख मोतिराज राईले स्वास्थ्यकर्मीलाई सामग्री वितरण गरेका हुन् । स्वास्थ्य सामग्री प्रदान गर्दै गाउँपालिका प्रमुख मोतिराज राईले गाउँपालिकाले गर्नुपर्ने कुनै पनि कुरामा कमी आउन नदिने दाबी गर्दै सबै स्वास्थ्यकर्मीलाई आश्वस्त पारेका छन् । स्वास्थकर्मीका लागि सम्पूर्ण व्यक्तिगत सुरक्षाका सामग्री आइसकेको बताउँदै उनले आउन बाँकी रहेको आईआर थर्मामिटर पनि छिटोभन्दा छिटो सबै स्वास्थ्य चौकीमा उपलब्ध गराउने वचन दिए । ‘यो विषम परिस्थितिमा हामी सम्पूर्णले सेवा नै धर्म ठानेर एकअर्कालाई सहयोग गर्नुपर्छ,’ उनले भने । स्वास्थ्यकर्मीको आत्मबल बढाउन प्रत्येक स्वास्थ्यकर्मीलाई १ महिना बराबरको तलब साथै हेल्थ डेस्क र क्वारेन्टाइनमा बस्ने कर्मचारीलाई प्रत्येक दिनको ५०० रुपैयाँ भत्ता दिने गाउँपालिकाले व्यवस्था गरेको उनले जानकारी दिए ।  गाउँपालिकाका उपाध्यक्ष सबिता राईले महामारीको बेला स्वास्थ्यकर्मीहरू आफू जोगिँदै उच्चतम सेवा प्रदान गर्न अनुरोध गरिन् । ‘म यो गाउँपालिकाको उपप्रमुखको हैसियतले दाबीका साथ भन्छु मबाट हुने सक्ने केही कुरा बाँकी राख्दैन,’ उनले भनिन् । मानेभञ्ज्याङ गाउँपालिका स्वास्थ्य प्रमुख विश्वराज दाहालले भने, ‘कोरोनोको सबैभन्दा उच्च जोखिममा हामी स्वास्थ्यकर्मीहरू हुँदाहुँदै पनि हामी लागिरहेको छौं । गाउँपालिकाले दिएको जिम्मेवारीलाई इमान्दारपूर्वक सफल बनाउन सधै लागिरहने छौं ।’ धेरै सामग्रीहरू पाएकोमा खुशी व्यक्त गर्दै उनले थर्मामिटर पनि छिट्टै पाउनेमा आशावादी रहेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २४ २०७६०२:३७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend