आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नरेन्द्र मोदीको आव्हानमा जनताको ऐक्यवद्धता, बलियो दियो

नरेन्द्र मोदीको आव्हानमा जनताको ऐक्यवद्धता, बलियो दियो

  • सोमवार, चैत्र २४ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं–भारतमा आइतबार राति ९ बजे देखि ९ मिनेट सम्म बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालेर सार्वसाधारणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानप्रति ऐक्यवद्धता जनाएका छन्।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका लागि बत्ती निभाएर दिप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीले देशबासीलाई अपिल गरेका थिए। त्यसै क्रममा नेपालमा पनि दिप प्रज्वलन गरिएको छ ।

    मोदीको सोही अपिलप्रति समर्थन जनाउँदै आज नेपालको प्रदेश २ सहित केही स्थानमा र भारतभर ९ बजे देखि ९ मिनेट सम्म बिजुली बन्द गरेर दीप प्रज्वलन गरिएको हो।

    प्रधानमन्त्री मोदीले यसकार्यबाट मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहुने बताएका थिए।

    प्रधानमन्त्री मोदीले समेत दिल्लीस्थित आफ्नो निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिएका छन्।

    भारतमा यतिबेला २१ दिन लामो लकडाउन चलिरहेको छ। आज लकडाउनको १२ औँ दिन हो। यस्तै नेपालमा पनि लकडाउनको १३ दिन भएको छ ।

    कोरोना भाइरसको प्रकोप भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। हालसम्म भारतमा कोरोनाको संक्रमणबाट ९९ जनाको ज्यान गएको छ भने ३५ सय भन्दा बढीमा संक्रमण देखिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २४ २०७६०८:१७:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend