काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाममा केन्द्रित भएको बेला सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
विगत २ हप्तादेखि जारी लकडाउनको अवधि थप गर्ने विषयमा बैडकमा छलफल हुने जनाइएको छ ।
सोमबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्ने निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । आगामी बैशाख ३ गतेसम्म लकडाउनको समय थपिन सक्ने जनाइएको छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि बनेको संकट व्यवस्थान केन्द्र (सीसीएमसी) को बैठक समेत बस्ने छ ।
सरकारले नेपालमा कोरोनाको महामारीबाट जोगिन चैत ११ गते पहिलोपटक ७ दिनका लागि लकडाउन घोषणा गरेको थियो । दोस्रोपटक चैत १७ गते सरकारले लकडाउनको अवधि थप ७ दिन लम्ब्याएको थियो ।
कोरोना संक्रमणबारे थप सतर्क हुन देशभर ग्रामीण स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने भनेर उच्चस्तरीय समन्वय समितिले गरेको निर्णयलाई समेत मन्त्रिपरिषद्ले मूर्तता दिने स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।