आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता रमेश लेखकको माग : सुदूरपश्चिममा प्रयोगशालाको क्षमता तत्काल बढाउनुपर्‍यो

कांग्रेस नेता रमेश लेखकको माग : सुदूरपश्चिममा प्रयोगशालाको क्षमता तत्काल बढाउनुपर्‍यो

  • आइतवार, चैत्र २३ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सुदूरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न सरकारसँग आग्रह गरेका छन् । शनिवार कैलाली र कञ्चनपुरमा ३ जना नयाँ संक्रमित भेटिएपछि त्यस क्षेत्रमा महामारी बढ्न सक्ने भएकाले रोकथामको लागि सरकारले तत्काल प्रयोगशाला र गुणस्तर वृद्धि गर्नुपर्ने सुझाव दिएका हुन् । नेता लेखकले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत भनेका छन्, ‘बढी टेस्ट गर्न प्रयोगशाला, अस्पतालको क्षमता र सामग्री पुगेन, थप गरौ ।’ नेता लेखकले सरकारले लकडाउनलाई कडा गरी पालिकामा समेत आवतजावतमा लगाएको बन्देज सकारात्मक रहेकाले पालना गर्न र कडाइ साथ लागू गर्न अनुरोध समेत गरेका छन् । सुदूरपश्चिमको पछिल्लो अवस्था र सरकारको तर्फबाट भएका प्रयासका बारेमा नेता लेखक र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबीच टेलिफोनमार्फत कुराकानी भएको छ । कुराकानीका क्रममा नेता लेखकले सुदूरपश्चिममा लाखौंको संख्यामा छिमेकी मुलुकबाट स्वदेश आएका र प्रयोगशाला, उपकरण र जनशक्तिको अभावका कारण न्यून संख्यामा मात्र परीक्षण भएकाले दैनिक कम्तिमा ५०० जनासम्मको परीक्षणको व्यवस्था मिलाउन सुझाव दिएको र मन्त्री ढकालले पनि सुझावलाई सकारात्मक रुपमा लिइ सुदूरपश्चिममा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था परीक्षणको दायरा बढाउन सरकारले आवश्यक प्रक्रिया बढाउने आश्वासन दिएको लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २३ २०७६०२:४२:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend