काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले आफूसँग लिएको अन्तर्वार्ताका आधारमा भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएकोप्रति आपत्ति जनाएका छन् ।
आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता महतले आफूले अन्तर्वार्ताका क्रममा मध्यावधि निर्वाचनको माग नै नगरेको अवस्थामा समेत समाचारको शीर्षकमा नै निर्वाचनको माग गरेको कुरा उल्लेख हुनु आपत्तिजनक भएको जनाएका छन् ।
‘हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो । अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई बंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ ।’
लकडाउनको बेला सबैले एकअर्कालाई सघाउने समय भएको बताउँदै नेता महतले समाचारमा फैलिएको अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठ –
भ्रमपूर्ण समाचारप्रति मेरो गम्भीर आपत्ति
हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ ।
उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो । अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई वंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ ।
अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने हो । र, चाँडोभन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने नै हो । यसका लागि हाम्रो पार्टी पंक्ति पूर्ण रुपमा क्रियाशील छ । तसर्थ, म सबैमा उक्त अनलाइनको हेडलाइनको भ्रममा नपरी पूरै अन्तर्वार्ता सुनी त्यसका आधारमा दृष्टिाकोण बनाउन पनि अनुरोध गदर्छु । अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु । साथै, यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गदर्छु । धन्यवाद । जय नेपाल
डा.प्रकाशशरण महत
सहमहामन्त्री
नेपाली काँग्रेस
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।