आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विद्या भण्डारीको दाबी : ‘कोरोनाविरुद्ध ओली सरकारका कदम प्रभावकारी छन्’

विद्या भण्डारीको दाबी : ‘कोरोनाविरुद्ध ओली सरकारका कदम प्रभावकारी छन्’

  • शुक्रवार, चैत्र २१ २०७६

  • 3.8K
    SHARES

  • काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालेका कोरोना भाइरस विरुद्धका कदम प्रभावकारी भएको दाबी गरेकी छन् । देशबासीका नाममा शुक्रबार साँझ एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सरकारका कदम प्रभावकारी भएकाले सबैले सरकारलाई साथ दिन आह्वान गरेकी छन् । ‘संसारका सबैजसो मुलुकमा फैलिइरहेको महामारीबाट नेपाल अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरूलाई पत्ता लगाएर उपचार गरिएको अवस्था छ,’ भण्डारीले भनिन्, ‘नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको हो ।’ राष्ट्रपति भण्डारीले कोरोना भाइरसको गम्भीरतालाई मनन् गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले भनिन् ‘हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेको छ । जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी संक्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गर्छु ।’ लकडाउनले गर्दा दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भएपनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरिन् । ‘आ–आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ,’ भण्डारीको सन्देशमा उल्लेख छ । विश्वव्यापी महामारीका समयमा संसारका विभिन्न मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आ–आफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन आह्वान गर्दै राष्ट्रपतिले नेपालीहरू जो जहाँ भएपनि यथास्थानमा रहेर कोरोना विरुद्धको लडाइँलाई सफल पार्न योगदान गर्ने अपेक्षा समेत व्यक्त गरेकी छन् । विभिन्न देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि उनले सबै मित्रराष्ट्रप्रति आभार प्रकट गरेकी छन् । कोरोना भाइरसविरुद्ध जुध्न विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई उनले धन्यवाद दिएकी छन् । ‘पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ । यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पुर्‍याएको छ । यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ । यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणा समेत गरिसकेको छ,’ सन्देशमा उल्लेख छ । ‘यतिबेला हाम्रो आकाश निर्मल र निलो देखिएको तर कोरोना भाइरसका कारण सिंगो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ । कोरोना भाइरस विरुद्धको लडाइँमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ,’ भण्डारीले भनिन्, ‘कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २१ २०७६०३:३९:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend