काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुलीका कार्यकर्ताले दुधौली नगरपालिका–१ का वडाध्यक्ष गोविन्दप्रसाद पहाडीविरुद्ध झूटा प्रचार गरेर नक्कली चरित्र उदाङ्गो गरेको आरोप नेपाली कांग्रेस सिन्धुलीले लगाएको छ ।
पार्टी सभापति उज्ज्वलप्रसाद बरालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीविरुद्ध देशभरका कांग्रेस कार्यकर्ता परिचालन भएको बेला कम्युनिस्ट कार्यकर्ताले गरेको झूटा प्रचार निन्दनीय भएको जनाएका छन् ।
‘यस्ता किसिमका खेदजन्य कार्यहरू पुनः भएमा नेपाली कांग्रेस चुप लागेर बस्ने छैन भन्ने जानकारी गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ । पहाडी जिल्ला कार्यसमिति सिन्धुलीका कोषाध्यक्ष समेत हुन् ।
विपद्को बेला सबै राजनीतिक दल मिलेर लड्नुपर्नेमा नेकपा कार्यकर्ताले निकृष्ट कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस सिन्धुलीले सबैलाई घरमै बसेर सुरक्षित रहन समेत आग्रह गरेको छ ।
हेर्नुस् प्रेस विज्ञप्ति –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।