बिहिवार, चैत्र २० २०७६
काठमाडौं: नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्रीका आइटी विज्ञ अनाधिकृतरुपमा समचार हटाइनु असह्य र पिडादायक भएको बताएका छन्।
बुधबार काठमाडौ प्रेसको ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता!’ शिर्षकको समचार हटाइएपछि पौडेलले धारणा व्यक्त गरेका हुन्।
फेसबुकमा स्टाटस लेख्दै उनले कोरोना भाइरसका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले गरेको भन्दै पोल खुलेपछि सोही विषयमा लेखिएको समाचार हटाइएको भन्दै आपत्ति जनाएका छन्।
‘हामी यतिबेला मानव सभ्यता नै आफ्नो अस्तित्वका निम्ति लडिरहेको संकटग्रस्त अवस्थामा बाँचिरहेका छौं । तर,स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले नै गरिरहेको छ,’ उनले भनेका छन्,‘सबैतिरबाट विरोध भएपछि र पोल खुलेपछि लाजगालका कारण निर्णय फिर्ता गरेको छ ।
यहि विषयमा लेखिएको एक अनलाइनको समाचार प्रधानमन्त्रीकै सचिवालयबाट अनाधिकृत रुपले हटाइएको खबर बाहिरिएको छ।हिजो सम्म प्रम र स्वास्थ्यमन्त्रि यसका बारेमा जवाफ दिन आबश्यक ठान्दैनथे।संकटको यो घडीमा सत्ताबाट गरिएका यी हर्कत असह्य र पिडादायी छन् ।
यस्तो बिपतमा पनि ब्रमहलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा हुन्छ भनेर कसरी मान्न सकिन्छ ? यस्तो अबस्थामा यसको कडा प्रतिवाद जरुरी छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।