काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या नियन्त्रणमा राख्न सफल देखिएको भारतमा बुधबार एकैदिन धेरै संक्रमित देखिएका छन् ।
बिहीबार भारतमा २४ घण्टामा ६ सय १ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यसअघि यतिधेरै संख्यामा कोरोना संक्रमित भारतमा भेटिएका थिएनन् ।
भारतमा कोरोना संक्रमितको संख्या २ हजार नजिक पुगेको छ । हालसम्म संक्रमितको संख्या १ हजार ९ सय ९८ रहेको जनाइएको छ ।
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । अमेरिका र युरोपका देशमा कोरोना महामारीको रुपमा फैलिएपनि भारतले हालसम्म नियन्त्रणमा राख्न सफल भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।