आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चामलका बोरा बोकेर गरीब र सुत्केरीको घरघरमा पुग्यो तरुण दल

चामलका बोरा बोकेर गरीब र सुत्केरीको घरघरमा पुग्यो तरुण दल

  • बुधवार, चैत्र १९ २०७६

  • 7.1K
    SHARES

  • भक्तपुर – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल भक्तपुरले लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई निःशुल्क खाद्यान्न वितरण गरेको छ । मंगलवार चागुनारायण नगरपालिका–५ मा समस्यामा परेका सुत्केरी, मजदुरी गरेर गुजारा गर्ने परिवारहरूलाई निःशुल्क रुपमा तरुण दलका नेताले सहायता वितरण गरेका छन् । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईं, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, भक्तपुर कांग्रेसका नेता राजाराम खड्काले सहायता सामग्री उपलब्ध गराएका छन् । दैनिक ज्याला मजदुरी गर्ने श्रमजीवी वर्ग, अपाङ्ग, सुत्केरी र अतिविपन्न परिवारलाई खाद्यान्न सहायता गरिएको भक्तपुर तरुण दलका सदस्य राजु पुरीले बताएका छन् । सहायता वितरण कार्यक्रममा राधाकृष्ण ढुंगाना, तरुण दल मध्यपुर नगरका अध्यक्ष पुरुषोत्तम खड्का, नेपाली कांग्रेस चागुनारायण नगरका सहसचिव राजेश्वर वन, तरुण दल चागुनारायण वडा नम्बर ५ का सहसचिव प्रभुराम थापाको समेत उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १९ २०७६०३:५५:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend