आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मेयरको पद धरापमा, नेकपा अध्यक्षलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी

मेयरको पद धरापमा, नेकपा अध्यक्षलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी

  • मंगलवार, चैत्र १८ २०७६

  • 8.5K
    SHARES

  • रौतहट – रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताको पद धरापमा परेको छ । मेयर सन्तोष मेहतालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पूर्जी पठाएको छ । मेयर मेहताका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पनि पक्राउ गर्न पक्राउ पूर्जी आएको हो । गाँजा तस्करीमा मुछिएपछि मकवानपुर जिल्ला अदालतले मेयर मेहता र नेकपा अध्यक्ष मेहता दाजुभाइलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पूर्जी पठाएको हो । घटना गत माघ ११ को हो । सो दिन हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमान्डमा रहेको प्रहरीको टोलीले पूर्व–पश्चिम लोकमार्गमा एउटा एम्बुलेन्सलाई चेकजाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय २ हजार २ सय रुपैयाँ समेत बरामद भएको थियो । रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा२झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा ३ वटा झोलाभित्र ६ वटा पोकामा गाँजा राखी मनहरीबाट हेटौंडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । एम्बुलेन्समा चालक रौतहट डुमरियाका ३९ वर्षीय महम्मद खलिद तथा एम्बुलेन्समा सवार रहेका डुमरियाकै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्ससहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अनुसन्धान भइरहेको छ । अदालतमा विनोद सहनीले दिएको बयानको आधारमा अदालतले रौतहटको ईशनाथ नगरपालिकाका मेयर मेहता र उनका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पक्राउ गरी बुझाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरको आदेश अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पूर्जी पठाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पत्र आएको बताउँदै खोजबिन भइरहेको जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर मेहताको पद धरापमा परेको छ । मेयर मेहता र भाइलाई पक्राउ पूर्जी जारी भएपछि ईशनाथ नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १८ २०७६०१:३८:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend