आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोराना विरुद्ध लड्न तरुण दलले दियो जिल्ला कार्यसमितिलाई यस्तो निर्देशन

कोराना विरुद्ध लड्न तरुण दलले दियो जिल्ला कार्यसमितिलाई यस्तो निर्देशन

  • मंगलवार, चैत्र १८ २०७६

  • 6.0K
    SHARES

  • काठमाडौं–नेपाल तरुण दलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट जोगिनका लागि जिल्ला कार्यसमितिलाई विभिन्न निर्देशन दिएको छ ।

    दलका अध्यक्ष जितजग बस्नेतले एक परिपत्र मार्फत यस्तो विपत्को अवस्थामा स्थानीय प्रशासन संग अनुमती लिई र नियम क्रियाकलापमा सहजीकरण गर्न-गराउनको लागि जिल्ला अध्यक्षहरुलाई निर्देशन दिएका हुन् ।

    बस्नेतले बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासन संग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने, लकडाउनको पूर्ण पालना गर्न र गराउन आवश्यक भुमिका निर्वाह गर्ने, लकडाउनका कारण आफनो गन्तव्य सम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्य सम्म लैजाने र खानपिनको ब्यबस्था गर्ने लगायतका निर्देशन दिएका हुन् ।

    यस्तो छ निर्देशन

    श्री अध्यक्ष जी, नेपाल तरुण दल, सबै जिल्ला समितिहरु विषयः परिपत्र

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । हालसम्म यो भाईरसको नियन्त्रण र रोकथामको लागि कुनै पनि औषधी उपचार र थप उपाय पत्ता लाग्न नसकेको कारण व्यक्तिगत रुपमा अपनाईने सर्तकता कायम गर्नुपर्ने सामाजिक दुरी नै यो भाईरस रोकथामको उपाय हो । त्यसैकारण सरकारद्वारा एक साता अघि देखि सुरु गरिएको लकडाउन आगामी चैत्र २५ गते सम्मका लागि थप गरिएको छ । यस अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा स्थानीय प्रशासन संग अनुमती लिई र नियम क्रियाकलापमा सहजीकरण गर्न÷गराउनको लागि जिल्ला अध्यक्ष ज्यूहरुलाई यो परिपत्र गरिन्छ ।

    १) बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासन संग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने ।

    २) सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन आवश्यक भुमिका निर्वाह गर्ने ।

    ३) देशका विभिन्न भु–भागबाट तपाईहरुको ठाउँमा आई बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए सो समस्या समाधान गर्न सहयोग गर्ने ।

    ४) लकडाउनका कारण आफनो गन्तव्य सम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्य सम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने ।

    ५) खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले केही सजकता र एक अर्का बीच दुरी कायम गर्नुपर्ने हुन्छ । यसका लागि स्थानिय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्ने ।

    ६) लकडाउनको समयमा सम्पूर्ण गतिविधि बन्द गर्नु भएका कारण दिनभरी ज्यालामजदुरी गरेर साझ बिहानको छाक टार्ने वर्गलाई समस्या पर्ने भएका कारण ती वर्गको दैनिक जीवन निर्वाहको लागि आवश्यक सहयोग गर्ने ।

    ७) भारतका विभिन्न ठाउँबाट नेपाल आउनका लागि हिडेका नेपाली समुदायका मानिसहरु लकडाउनका कारण देशभरीका विभिन्न सिमा नाकामा अलपत्र परेका हुनाले ती व्यक्तिहरु तोकिएको समय क्वारेन्टाईनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन नेपाल तरुण दलका सम्बन्धित जिल्लाका जिल्ला अध्यक्षहरुले स्थानीय प्रशासन संग समन्वय गर्ने ।

    ८) लकडाउनको समयमा आफनो वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिने र आफु, आफनो परिवार र समाजलाई सुरक्षित राख्ने ।

    ९) अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गरिन्छ ।

    जय नेपाल ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १८ २०७६०६:२२:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend