सिन्धुपाल्चोक – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लकडाउनका बेला जनतालाई राहत दिन नसकिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सडक मजदुर र वृद्धवृद्धाहरूलाई खाद्य सामग्री तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा पुगेर पूर्वमन्त्री बस्नेतले ५३ जना मजदुर र वृद्धवृद्धाहरूलाई चामल, दाल, नून, तेल, हातधुने साबुन र स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले दैनिक जीवनयापन गर्न समस्या परेका नागरिकहरूलाई १५ किलोग्रामका दरले चामल, दाल, नून, तेल र साबुन वितरण गरेका छन् ।
कमजोर आर्थिक अवस्था भएका ८२ वर्षीय तुलसी श्रेष्ठको घरमै पुगेर नेता बस्नेतले राहत सामग्री हस्तान्तरण गरेकोमा खुशी व्यक्त गरे ।
कमजोर आर्थिक अवस्थाका कारण उनी काठको फल्याकमाथि सुत्दै आएका थिए । उनलाई नेता बस्नेतले डसना ब्ल्यांकेट र थप खाद्य सामग्री वितरण गरेका छन् ।
यसअघि पनि पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकका २ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरेका थिए । नेता बस्नेतले पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विपत्तिको घडीमा ज्यालादारीमा निर्भर श्रमिकलाई तत्काल राहत घोषणा गर्न माग गरेपनि सरकारले अटेर गरेको आरोप लगाएका छन् ।
बस्नेतले मजदुर, श्रमिक र न्यून आय भएका व्यक्तिहरूलाई भोकै बस्नुपर्ने समस्याबाट मुक्त गर्न कांग्रेस लागिपर्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।