आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता महर्जनको आरोप : ‘कोरोनाका सामग्रीमा भ्रष्टाचार हुनु अति भयो’

कांग्रेस नेता महर्जनको आरोप : ‘कोरोनाका सामग्रीमा भ्रष्टाचार हुनु अति भयो’

  • सोमवार, चैत्र १७ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका जुझारु युवा नेता एवं खेलकुद विभागका सदस्य सचिव मीनकृष्ण महर्जनले कोरोना भाइरसको संक्रमणको रोकथाम र पहिचानका लागि चीनबाट खरिद गरिएको सामग्रीमा भ्रष्टाचार भएको गम्भीर आरोप लगाएका छन् । महर्जनले आइतवार साँझ सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै कोरोना भाइरसको महामारी रोकथामका लागि सिंगो देशले सरकारलाई साथ दिएका बेला मन्त्री, सचिव र जिम्मेवार व्यक्तिहरू भ्रष्टाचारमा लागेको भन्दै आपत्ति जनाएका छन् । उनले विपत्तिको बेला पनि कमिसन र भ्रष्टाचार गर्नेहरूलाई जनताले कदापी नछाड्ने चेतावनी दिएका छन् । नेता महर्जनले विपत्तिको बेला सामान खरिदमा भएको भ्रष्टाचार लुक्न नसकेको भन्दै जनतालाई एकएक हिसाब दिनुपर्ने बताए । ‘सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीहरू चस्मा, पीपीई, जाँच गर्दा लगाउने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्माेमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमूना संकलन गर्ने ट्युब खरिद गर्दा व्यापक भ्रष्टाचार भएको छ,’ उनले भने, ‘कोरोना भाइरसको संक्रमण रोक्नका लागि जनताले साथ दिएका छन् । यस्तो बेला भ्रष्टाचार गर्ने कार्य ठीक होइन ।’ नेता महर्जनले गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत स्मरण गरेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट खरिद गरेको कोरोना भाइरसको संक्रमण रोक्ने उपकरणहरूमा व्यापक भ्रष्टाचार भएको भन्दै आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १७ २०७६०४:४२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend