आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डोनाल्ड ट्रम्प ‘यूटर्न’ : कोरोना महामारीबाट छुटकारा पाउन देशभर १ महिने कडा नियम

डोनाल्ड ट्रम्प ‘यूटर्न’ : कोरोना महामारीबाट छुटकारा पाउन देशभर १ महिने कडा नियम

  • सोमवार, चैत्र १७ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणको महामारीबाट छुटकारा पाउन कडा निर्णय गरेका छन् । अमेरिका देश बन्द हुनका लागि नबनेको भनेर अनौठा अभिव्यक्ति र अडान लिइरहेका राष्ट्रपति ट्रम्प अन्ततः ‘यूटर्न’ लिँदै कोरोनाबाट बच्न कडा कदम चाल्न बाध्य भएका छन् । ट्रम्पले कोरोना फैलिन नदिन स्थानीयलाई सामाजिक दूरीको नियम कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभर सामाजिक दूरी कायम गर्नुपर्ने नियमलाई ३० अप्रिलसम्मका लागि लम्ब्याउने घोषणा गरेका छन् । कोरोना संक्रमण फैलिन नदिन ट्रम्पले ३० अप्रिलसम्मका लागि सामाजिक दुरीको नियम कायम राख्ने जनाएका छन् । आगामी २ हप्ता मृत्युदर उच्च हुने र त्यसपछि १ जुनसम्म मुलुक रिकभरको बाटोमा जाने ट्रम्पको विश्वास छ । अमेरिकाको न्युयोर्क शहरका मेयर बिल डे ब्लाजिओले कोरोना भाइरसको महामारीविरुद्ध लड्न सामाजिक दूरी कायम गर्न नमान्नेहरूलाई ५०० डलर जरिवाना गरिने बताए । जरिवानाको रकम २५० डलरदेखि ५०० डलरसम्म हुनेछ । मेयर ब्लाजिओले शहरका पार्कहरू र खेल मैदानहरू भने खुला नै राख्ने बताएका छन् । न्युयोर्क शहरमा मात्र कोरोना संक्रमितको संख्या ३२ हजार नाघेको छ भने मृतकको संख्या ६७८ पुगेको छ । न्युयोर्क शहरमा सामाजिक दूरी कायम नगर्नेहरूलाई ५०० डलर जरिवाना गरिने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १७ २०७६०३:०३:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend