काठमाडौं – सरकारले शहरी क्षेत्रमा भाडामा बस्ने मजदुर र कामदारको राहतको लागि १ महिनाको घरभाडा मिनाहा गर्न आग्रह गरेको छ ।
आईतवार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रमा रहेका घरमा १ महिनाको घरभाडा मिनाहा गर्न आग्रह गरेको छ ।
सरकारका प्रवक्ता समेत सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारले भाडा छुट दिन आग्रह गरेको बताए ।
सरकारले निजी विद्यालयलाई विद्यार्थीको आवासबाहेक १ महिनाको शुल्क मिनाहा गर्न पनि आग्रह गरेको छ ।
सरकारले कोरोना भाइरस रोकथामका लागि गत मंगलबारदेखि १ हप्ताका लागि जारी गरेको लकडाउन लम्ब्याएको छ ।
मन्त्रिपरिषद् बैठकले चैत २५ गते राति १२ बजेसम्मका लागि कायम गर्ने निर्णय गरेको छ । प्रवक्ता खतिवडाले कोरोना रोकथामका लागि यस्तो निर्णय गरिएको बताए । यसअघि सरकारले चैत्र १८ गतेसम्म लकडाउन गरेको थियो ।
सरकारले हालसम्म ५ वटा मात्र कोरोना संक्रमणको केश देखिएका र उच्च जोखिममा नरहेकोप्रति सरकारले सन्तुष्टि जनाएको मन्त्री खतिवडाले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।