काठमाडौं – चीनबाट आयात गरेका स्वास्थ्य सामग्री गुणस्तरीय नभएपछि नेदरल्यान्ड्स सरकारले चीनमा उत्पादित करीब ६ लाख मास्कहरू फिर्ता पठाउन निर्णय गरेको छ ।
स्थानीय सञ्चारमाध्यमहरूका अुनसार ती मास्क चीनबाट आयात गरेर कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न नेदरल्यान्डका अस्पतालमा पठाइएको भएपनि मास्कहरू नक्कली देखिएपछि सरकारले फिर्ता पठाउने निर्णय गरेको हो ।
नेदरल्यान्डले २१ मार्चमा चिनियाँ निर्माताबाट मास्क आयात गरेको हो । चिनियाँ निर्माताबाट एफएफपी २ श्रेणीका मास्कको अर्डर दिँदा हावामा रहेको ९४ प्रतिशत ठोस र तरल कण फिल्टर गर्नुपर्ने मापदण्ड तोकिएको थियो ।
सम्झौतामा उल्लेख भएको मापदण्ड अनुसार गुणस्तर मापन गर्ने क्रममा चीनबाट खरिद गरिएका मास्कले हावाका कणहरूको फिल्टर गर्न नसकेको नेदरल्यान्ड सरकारले खुलासा गरेको छ । चीनबाट खरिद गरिएका मास्कले कोरोना संक्रमण सार्ने सक्ने कणहरूको फिल्टर गर्न नसक्ने भन्दै अस्पतालहरूबाट फिर्ता मागिएको छ ।
नेदरल्यान्डमा १ हजार ८०० भन्दा बढी कोरोना भाइरसका संक्रमित छन् भने कोरोनाबाट ६०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । चीनबाट आयातित मेडिकल सामग्रीमा समस्या देखिएको नेदरल्यान्ड तेस्रो देश हो । चिनियाँ किटहरूले ३० प्रतिशत बिरामीको मात्रै सही पहिचान गर्न सकेको र संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको भन्दै यसअघि स्पेनले चिनियाँ किटको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ ।
स्पेनले आयात गरिसकेका किटहरू फिर्ता पठाउने निर्णय गरेको थियो । त्यसअघि चीनले चेक रिपब्लिकमा पठाएको किटहरूले पनि सही नतिजा नदिएको पाइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।