आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पठाए कोरोना लडाइँ जितेको बधाइ पत्र

प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पठाए कोरोना लडाइँ जितेको बधाइ पत्र

  • आइतवार, चैत्र १६ २०७६

  • 4.0K
    SHARES

  • कठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस संक्रमण विरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाइ दिँदै राष्ट्रपति सी चिनफिङलाई बधाइ पत्र पठाएका छन् । नेपालमा कोरोनाको त्रास फैलिएर लकडाउन भएका बेला प्रचण्डले चीनलाई बधाइ पत्र पठाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सीलाई प्रचण्डले आईतबार पठाएको पत्रमा चिनियाँ जनजीवनलाई सामान्य अवस्थामा ल्याउने सफलताप्रति बधाई दिएका छन् । प्रचण्डले पत्रमा नेपाल अहिले कोरोना संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै चीनको तर्फबाट नेपाललाई आवश्यक सहयोगको अपेक्षा समेत गरेका छन् । प्रचण्डले जतिसक्दो चाँडो नेपालका लागि आवश्यक मेडिकल सामग्री लगायत औषधि उपकरण चीनबाट प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०७६०१:११:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend