आइतवार, चैत्र १६ २०७६
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले धादिङमा अलपत्र परेका पाँच जनाको उद्धार गरेका छन्। कोरोना भाइरसको रोकथाम र न्यूनिकरणका लागि सरकारले लगाएको लक डाउनका कारण धादिङमा रोकिएका पाँच जनालाई खतिवडाले आइतबार उद्धार गरेका हुन्।
अलपत्र परेका पाँच जना घर बनाउने काम गर्न एक महिना अघि धादिङ गएका थिए। लकडाउनका कारण काम बन्द भएको र घर आउने अवस्था समेत नरहेपछि उनीहरु अलपत्र परेका थिए।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा काठमाडौं फर्कन पहल गरेका थिए। तर, प्रशासनले उनीहरुलाई अनुमति दिएन। 'प्रशासनले अनुमति नदिएपछि हामीले उहाँ (खतिवडालाई सम्पर्क गर्यौ। उहाँले मिलाइएपछि भर्खरै काठमाडौं आइपुग्यौं,' कृष्ण तामाङले भने, 'उहाँले अप्ठ्यारोका बेला हामीलाई सहयोग गर्नुभयो। एकदम खुसी लागेको छ। उहाँलाई धन्यवाद दिन चाहान्छौं।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।