आइतवार, चैत्र १६ २०७६
काठमाडौं । चीनबाट अर्बौं रुपैयाँ बराबरको औषधि र अत्यावश्यकीय स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ । तर, उक्त स्वास्थ्य सामाग्रीको चीनबाट ल्याउने निर्णयमा प्रश्न चिन्ह उठेको छ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले यसबारे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । शनिबार राति पूर्वसचिव उपाध्यायले फेसबुकमा लेखेका छन्ः
स्वास्थ्य मन्त्रालयमा मुलुकमा कोरोनले अपर्झट क्राईसिस ल्यायो भन्दै २४ घण्टाभित्रै आपूर्ति हुने गरी हिजो शुक्रबार मेडिकल सामानहरू किन्ने निर्णय यसरी गरिएछः
१. हिजो शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लाई गर्ने ३ दर्जन सप्लायर्सहरुको ३ बजे बैठक राखे। उक्त बैठकमा हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितलगायतलाई पनि बोलाइए।
२.। बैठकमा हिजै (शुक्रबार)अपरान्ह ५ बजेसम्म सबै सामानको दररेट दर्ता गर्न माग गरियो। ५ बजेसम्म अर्बौंको सामानको दर कसरी कोट गर्न संभव हुन्छ भन्दै सप्लायर्सले अलि समय मागे।
२. बैठकमा मन्त्री भानुक्त ढकालले हस्पिटेकका विशाल पण्डितले मात्र चीनबाट पीपीई, किड्स, मास्क जस्ता मेडिकल सामग्री ल्याउन सक्ने योग्यता रहेको मूल्यांकन गरेर निर्णय सुनाए। अरू सप्लायर्सलाई राति ७ बजेसम्म ईमेलबाटै रेट दिन भनियो। सबै सप्लायर्सले ७ बजेसम्म ईमेलमा दररेट पठाए।
३. तर बिशालबाहेक सबैको दररेट अस्वीकृत गरी बिशालको कम्पनीसँग राति नै सम्झौता गरियो। अरु सप्लायर्सले पण्डितको कम्पनीले ५०५ कम मूल्यमा दिन्छौं भनेर दररेट दिँदा पनि कुरै नसुनेपनि अन्य सप्लायर्सहरु ट्वाँ पर्दै जिल्लिए। त्यसपछि विशाल पण्डितको फर्मसँग सम्झौता गरियो।
४. २,३ घण्टामै अर्बौंको सामान किन्ने सरकारी सम्झौता सम्भव भयो । त्यसको केही घण्टा नबित्दै उत्पादक चिनियाँ कम्पनीसँग सामान लिन चीनतर्फ जहाज उडाउन सफल भयो।
५. सम्झौताको सामान लिन फटाफट गरेको दिन नै शनिवार बिहानै उडेर शनिबार राति १ बजे तिर सामान ल्याउने गरी नेपाल वायुसेवाको चार्टर जहाज चीनको ग्वांगजाउतिर उड्यो।
६. अर्बौंको मोजिकल थुप्रै आईटमसहित सामान ल्याउने सरकारी ठेक्का २४ घण्टामै पूरा गरेर उत्पादक कम्पनीले पनि कुनै अर्डरबिना नै सामान तुरून्तै दिनसक्ने गरी चमत्कारिक काम हुनपुग्यो। सामान पनि पहिले ठिक्क, जहाज पनि पहिले नै ठिक्क, उत्पादक पनि सामान हातमा लिएर ठिक्क र सप्लायर्स पनि ठिक्क र दररेट पनि ठिक्क । यस्तो चमत्कारिक नेपालमा सरकारी ठेक्का दर्ता हुनु, सम्झौता हुनु र सप्लाई पनि २४ घण्टा भित्रै हुनु , न भूतो न भविष्यति । मानियो यस्तो ऐतिहासिक कार्यक्षमता ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।