आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना जाँच्ने ३/३ वटा ल्याब बनाऔं, श्रमिकलाई राहत र स्वास्थकर्मीलाई बिमा दिऔं : सांसद प्रभू साह

कोरोना जाँच्ने ३/३ वटा ल्याब बनाऔं, श्रमिकलाई राहत र स्वास्थकर्मीलाई बिमा दिऔं : सांसद प्रभू साह

  • आइतवार, चैत्र १६ २०७६

  • 3.2K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ अध्यक्ष एवं सांसद प्रभू साहले लकडाउनलाई प्रभावकारी बनाउन जनस्तरबाट गर्न सकिने कार्यहरू तथा स्थानीय प्रशासन र नेपाल सरकारले गर्नुपर्ने कार्यबारे सुझाव दिएका छन् । उनको सुझावमा असहाय छिमेकीलाई मद्दत गर्नेदेखि प्रदेश स्तरमा परीक्षणको सुविधा र स्वास्थ्यकर्मीको बिमासम्म समेटिएको छ । उनले प्रत्येक प्रदेशमा ३/३ वटा कोरोना परीक्षण ल्याबको व्यवस्था हुनुपर्ने बताए । उनले सरकारलाई दैनिक ज्यालादारीमा निर्भर श्रमिकलाई घरमै राहत उपलब्ध गराउन पनि सुझाव दिए । उनले स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षाका सामग्री प्रदान गर्नुको साथै सरकारले बिमाको व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याएका छन् । यस्ता छन् सांसद साहले दिएका सुझाव : स्थानीय प्रशासनद्वारा गर्नुपर्ने कार्यहरू – १. लकडाउनलाई व्यापक प्रचारसहित व्यावहारिक कार्यान्वयन गर्ने । २. अत्यावश्यक वस्तु र खाद्यवस्तु आपूर्तिको सहज व्यवस्था मिलाउने जसको लागि आफ्नो क्षेत्र भित्रका उत्पादनको स्रोत, बिक्री केन्द्रहरू र सबै स्टोरहरूको रेकर्ड राख्ने, बिक्री बितरणको समय र तरिका बारे आम नागरिकलाई अग्रिम जानकारी गराउने र आपूर्ति र दररेटमा सक्रिय निगरानीसहित गलत गर्नेलाई कारवाही गर्ने । ३. दैनिक ज्यालादारीमा आश्रित परिवारलाई तुरून्त राहत घरमा उपलब्ध गराउने । ४. लकडाउनको अवज्ञा गर्ने वा कोरोना भाइरसबारे गलत प्रचार गर्ने कार्यलाई नियन्त्रण गर्ने र गलत गर्नेलाई कडाइपूर्वक कारवाही गर्ने । ५. देश बाहिरबाट आएका व्यक्तिलाई तुरुन्त क्वारेन्टाइनमा पठाउने र शंकास्पद बिरामीको परीक्षणको व्यवस्था मिलाउने । ६. आफ्नो एरिया भित्रको सरकारी वा निजी सबै स्वास्थ्य उपचार केन्द्रहरूको रेकर्ड राख्ने र परिचालन गर्ने । रोकथामको लागि सरकारले गर्नुपर्ने कार्य – १. पर्याप्त टेस्ट ल्याबको व्यवस्था गर्ने (प्रत्येक प्रदेशमा ३/३ वटा) २. केन्द्र, प्रदेश र स्थानीय तह सबैले आफ्नो क्षमता अनुसार क्वारेन्टाइनको व्यवस्था गर्ने । ३. सबै अस्पताल र क्वारेन्टाइन सेन्टरमा आवश्यक उपचार सामग्री र प्रविधि तुरुन्त उपलब्ध गराउने । ४. सबै स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, परीक्षणमा खटिएका सुरक्षाकर्मी समेतलाई मास्क, ग्लोब्स, स्प्रोन, चस्मा, जुत्ता लगायतका पीपीई उपलब्ध गराउने । ५. क्वारेन्टाइनमा बसेकाहरूलाई खानपिन र सरसफाईसहित राम्रो प्रबन्ध गर्ने । ६. अस्पतालहरूको वर्गीकरण गर्ने । सबै अस्पताललाई सुरक्षा निकायको निगरानीमा एकीकृत ढंगले परिचालन गर्ने । ७. स्वास्थ्यकर्मीको उच्च मनोवलका लागि बिमाको व्यवस्था वा अन्य सुविधा घोषणा गर्ने । ८ केन्द्र सरकारको पहलमा जिल्ला–जिल्लामा २/२ वटा सुविधासम्पन्न क्वारेन्टाइन र प्रदेश सरकारको पहलमा प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा क्वारेन्टाइन निर्माण गर्ने, जसमा उपचारको पनि व्यवस्था होस् । ९. प्रत्येक स्थानीय तहमा ५० बेडको कम्तीमा १/१ वटा क्वारेन्टाइन निर्माण गर्ने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०७६०७:०४:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend