आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारी ‘लकडाउन’ले समयमै उपचार नपाउँदा ३ बालिकाको मृत्यु

सरकारी ‘लकडाउन’ले समयमै उपचार नपाउँदा ३ बालिकाको मृत्यु

  • आइतवार, चैत्र १६ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले घोषणा गरेको देशव्यापी लकडाउन भएको प्रतिकूल अवस्थामा उपचार नपाएर तीन बालिकाको मृत्यु भएको छ । काठमाडौंका २ र सर्लाहीका १ जना बालिकाको उपचारमा पहुँच नपुगेर निधन भएको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले बताएका छन् । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याउन नपाउँदै बाटोमै बालिकाको ज्यान गएको छ । अस्पताल आएलगत्तै ८ महिनादेखि ५ वर्षकी बालिकालाई चिकित्सकले मृत घोषणा गरेका थिए । लकडाउनका कारण सवारीसाधन नचलेको र अभिभावकमा पनि सुझबुझ नहुँदा अकालमा बालिकाले ज्यान गुमाउनुपरेको डा. पौडेलले बताए । १० वर्षमुनिका तीन जना बालबालिकालाई अस्पताल पुर्‍याउँदा–पुर्‍याउँदै ज्यान गइसकेको छ । सरकारले चैत ११ गतेदेखि चैत बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र आवतजावत बन्द गरेको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको भोलिपल्ट निधन भएको छ । डा. पौडेलका अनुसार तीन दिनको अवधिमा तीनजना बालिकाको निधन भएको छ । ‘लकडाउन सुरू भएकै दिनमा यो घटना भयो । लगातार जस्तो बालिकाले ज्यान गुमाउन पुगे । ज्यादै दुःख लाग्यो,’ उनले भने । चैत ११ र १२ गते यी घटना भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०७६०३:३१:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend