आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसी मेयरको ‘आकर्षक’ घोषणा : ‘लकडाउन’ हुँदासम्म श्रमिकलाई राहत वितरण

कांग्रेसी मेयरको ‘आकर्षक’ घोषणा : ‘लकडाउन’ हुँदासम्म श्रमिकलाई राहत वितरण

  • आइतवार, चैत्र १६ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले श्रमिक र मजदुरका लागि आकर्षक घोषणा गरेका छन् । लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नसकेका श्रमिकलाई ललितपुर महानगरपालिकाले वडामार्फत् राहत उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले पाँच दिनदेखि लकडाउन गरेकाले श्रमिक र मजदुरको आम्दानी रोकिएको छ । दैनिक ज्यालादारी रोकिएपछि आश्रित परिवार भोकै बस्नुपर्ने अवस्था आएपछि महानगरले राहत वितरण गर्न लागेको हो । दैनिक श्रम गरेर जीवीकोपार्जन गर्नेलाई भोकै नराख्ने गरी राहत वितरण गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन् । महानगरभित्रका श्रमिक परिवार कोही पनि भोकै बस्नु नपर्ने गरी वडाबाट राहत वितरण हुने महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘समस्यामा पर्नुभएका नगरवासीलाई आफ्नो वडाध्यक्ष तथा वडासदस्यहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।’ दिउँसो कमाएर बेलुका खानुपर्ने श्रमिकलाई लकडाउनले निकै गाह्रो हुने भएकाले राहत दिने निर्णय गरेको महानगरका मेयर चिरीबाबु महर्जनले बताए । उनले भने, ‘कोही भोकै नबसुन् भनेर राहत वितरण गर्ने निर्णय गरेका हौं ।’ वडाले वडामा बसोवास गर्ने दैनिक ज्यालादारी गर्ने श्रमिकको तथ्यांक केही दिनअघिबाटै लिन सुरू गरिसकेको छ । तथ्यांक आएपछि राहत वितरण सुरु गरिने महानगरले जनाएको छ । प्रवक्ता महर्जनका अनुसार आवश्यकताअनुसार संघीय सरकार, प्रदेश सरकार तथा अन्य स्थानीय सरकारसँग समन्वय गरिने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०७६०३:२२:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend