आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमित उपचारको दर्दनाक हालत, बिरामीले हारगुहार गरिरहेको खुलासा

कोरोना संक्रमित उपचारको दर्दनाक हालत, बिरामीले हारगुहार गरिरहेको खुलासा

  • आइतवार, चैत्र १६ २०७६

  • 3.5K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि काम गरिरहेको प्रचारबाजी गर्ने गरेपनि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मातहतका अस्पतालमा दर्दनाक हालत रहेको खुलासा भएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक युवाले आफूले चिकित्सकबाट उचित उपचार नपाएको गुनासो गरेका छन् । भर्ना भएदेखि ४ दिनसम्म चेकजाँच नगरेको र आफू रहेको कोठामा स्वास्थ्यकर्मी समेत नछिरेको ती युवाको गुनासो छ । ‘चार दिनसम्म मेरो कोठामा एउटै स्वास्थ्यकर्मी पनि आएनन् । गुनासो बाहिर मिडियामा सार्वजनिक गरेपछि शनिबार दिउँसो चार जना झुल्किएका थिए । तर चेकजाँच गरेनन्,’ उनले उपचारका लागि हारगुहार गर्दै भने, ‘भर्ना भएको दिन लेखिदिएको औषधि सकियो । कोठामा अक्सिजन पनि छैन । यहाँ उपचार हुँदैन भने मलाई काठमाडौं पठाउनुपर्‍यो ।’ चैत ११ गते अस्पताल भर्ना भएका उनलाई कोरोना पुष्टि भएको रिपोर्ट शुक्रबार आएको थियो । त्यसपछि उनलाई पुरानो कोठाबाट शव घरनजिकको कोठामा सारिएको थियो । तर त्यतिबेलासम्म पनि आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी नगराएको उनले बताए । ‘कोरोनाको बिरामी भेटिएको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा पाएपछि डाक्टरलाई फोन गरेर सोधें । त्यसपछि मात्रै जानकारी पाएँ,’ उनले भने । शनिवार उनले गुनासो सार्वजनिक गरेपछि दिउँसो प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेय सहितको टोलीले भेटेको छ । तर कुनै चेकजाँच नगरी केहीबेर कुरा मात्रै गरेर गएको बिरामीको गुनासो छ । आफन्तले पनि स्वास्थ्यकर्मी बिरामीसँग तर्सिएर भाग्ने गरेको बताए । अस्पतालका डाक्टर जगदीशप्रसाद जोशीले बिरामी जाँच्दा स्वास्थ्यकर्मीले लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) नहुँदा समस्या भएको बताए । ‘व्यक्तिगत सुरक्षा नहुँदा स्वाभाविक रुपमा केही समस्या हुन्छ । अहिले सुनिएका कुरा त्यसैसँग जोडिएका छन्,’ जोशीले भने । तर बिरामीले उपचार नै नपाएको भन्ने चाहिँ गलत भएको उनको दाबी छ । मेडिकल सुपरिन्टेन्डेन्ट पाण्डेयले चिकित्सकको निगरानीमा संक्रमितको उपचार भइरहेको र अवस्था सामान्य रहेको बताएका छन् । धनगढीका संक्रमित ७ चैतमा दुबईबाट दिल्ली हुँदै काठमाडौं आएका थिए । विमानस्थलमा मामाको छोरोले रिसिभ गरेका उनी त्यसदिन काठमाडौंस्थित मामाकै घरमा बसेका थिए । भोलिपल्ट बुद्ध एअरको विमानमा नेपालगञ्ज पुगेको उनले बताएका छन् । नेपालगञ्ज विमानस्थलबाट कोहलपुरसम्म रिक्सा र कोहलपुरबाट अत्तरियासम्म हायसमा यात्रा गरेको बताए । अत्तरियाबाट धनगढी बजारसम्म विंगर प्रयोग गरेका उनले त्यहाँबाट घरसम्म पुग्न अटो रिक्सा प्रयोग गरेको बताए । घरपरिवारबाहेक अरुसँग आफ्नो भेटघाट नभएको उनले बताएका छन् । युवामा संक्रमण पुष्टि भएपछि प्रहरीले शुक्रवार राति नै परिवारका सदस्यलाई अस्पताल ल्याउन खोजेको थियो । तर एम्बुलेन्स चालकले व्यक्तिगत सुरक्षा सामग्री नभएको भन्दै जान नमानेपछि रोकियो । संक्रमित परिवारका आठ सदस्य र उनलाई उपचारका लागि ल्याउने एक आफन्तलाई शनिवार मात्रै प्रहरीले अस्पताल ल्याएको छ । सबैलाई पनि आइसोलेसनमा राखिएको छ । सबैको खकार परीक्षण हुनेछ । सेती प्रादेशिक अस्पतालमा अन्य १० शंकास्पदको परीक्षण रिपोर्ट आउन बाँकी रहेको डा. पाण्डेयले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०७६०३:१०:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend