सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना महामारी बढ्दै, अमेरिकामा एकैदिन ५१५ जनाको मृत्यु

कोरोना महामारी बढ्दै, अमेरिकामा एकैदिन ५१५ जनाको मृत्यु

  • आइतवार, चैत्र १६ २०७६

  • 3.8K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट झनै बढ्दै गइरहेको छ । महामारीपछि इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इटलीमा शनिवार मात्रै थप ८८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ५ हजार ९७४ जनामा नयाँ संक्रमण देखिएको छ । इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ । अमेरिकामा पनि पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३०२ जनामा संक्रमण देखिएको छ । आईतवार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २११ पुगेको छ भने संक्रमितको सख्या १ लाख २३ हजार नाघेको छ । विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भएको अमेरिकाले शुक्रवार मात्रै २० खर्बको राहत प्याकेज घोषणा गरेको छ । अमेरिकाका विभिन्न राज्यका गभर्नरले पर्याप्त मेडिकल उपकरण तथा औषधि नभएकाले स्थिति अझ भयावह बन्न सक्ने चेतावनी दिँदै आएका छन् । पछिल्लो २४ घण्टामा स्पेनमा पनि थप ८४४ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । आईतवार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९८२ पुगेको छ भने संक्रमितको संख्या ७३ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ३२४, बेलायतमा २६०, इरानमा १३९, जर्मनीमा ८२,नेदरल्यान्ड्समा ९३, बेल्जियममा ६४ र स्विजरल्यान्डमा ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी थप ३ हजार ५०६ जनाको मृत्यु भएको छ भने ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ । ६ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् भने करीब १ लाख ४२ हजार निको भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०७६०२:४१:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend