काठमाडौं- काठमाडौंबाट कोरोना भाइरस संक्रमणको आशंकामा संकलन गरिएको स्वाबको नमूना लिन गएको विमान दुर्घटनामा परेको छ ।
स्वाबको नमूना लिनका लागि नेपालगञ्ज गएको नेपाल एयरलायन्सको जहाज अवरतरण गर्ने बेलामा दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाबाट कसैलाई केही भएन । चालक दलका तीन र दुई जना चिकित्सक सकुसल भएको बताइएको छ । विमानमा औषधिसमेत रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।