आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस युवा नेताको घोषणा : कोरोना क्वारेन्टाइनका लागि ७ कोठाको घर दिन्छु

कांग्रेस युवा नेताको घोषणा : कोरोना क्वारेन्टाइनका लागि ७ कोठाको घर दिन्छु

  • शनिवार, चैत्र १५ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका युवा नेता, संविधानसभा सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रजित कर्णले सप्तरी जिल्लाको राजविराज नगरपालिका–३ मा रहेको ७ कोठाको घर कोरोना भाइरस संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने अस्थायी क्वारेन्टाइनका लागि दिने घोषणा गरेका छन् । कर्णले आफ्नो घर महामारीको समय अवधिसम्म क्वारेन्टाइनका लागि दिने घोषणा गरेका हुन् । बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपमा एक नागरिकले अर्को नागरिकलाई हृदयदेखि सहयोग गर्नुपर्ने उनले बताए । ‘विश्व नै संकटमा परेको बेला हामी सबै एकजुट भइ सहयोग गर्नुपर्छ,’ उनले भनेका छन्, ‘सामाजिक उत्तरदायीत्व बहन गर्दै विश्वमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हामी आफैले सजगता अपनाउनुपर्छ ।’ उनले सप्तरी जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्नो घर क्वारेन्टाइनका लागि उपयोग गर्न समेत जानकारी गराइसकेका छन् । देश विषम परिस्थितिमा रहेका बेला सरकारलाई सहयोग गरेर अगाडि बढ्नुपर्ने कर्णले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र १५ २०७६०२:०८:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend