आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘लकडाउन’ तत्काल नखुल्ने, सीडीओहरूलाई गोप्य निर्देशन, कहिलेसम्म बढाउँदैछ सरकार ?

‘लकडाउन’ तत्काल नखुल्ने, सीडीओहरूलाई गोप्य निर्देशन, कहिलेसम्म बढाउँदैछ सरकार ?

  • शनिवार, चैत्र १५ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले १ हप्ताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी तयारी अगाडि बढाएको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म ‘लकडाउन’ कायमै राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यले अहिलेकै अवस्थामा लकडाउन खुला गर्ने अवस्था नरहेको र त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापनका लागि उद्योगी/व्यवसायीलाई भनिसकेको जनाएका छन् । चैत ११ गतेदेखि १८ गते बिहानसम्म १ हप्ताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो । भारतले कोरोना संक्रमण फैलन नदिन बुधवारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ । भारतले पनि नेपालले लगाएको भोलिपल्टैदेखि देशव्यापी लकडाउन घोषणा गरेको छ । भारतीय लकडाउनपछि दुवै देशका सीमाबाट आवतजावत रोक्न सुरक्षाकर्मीले पैदल गस्ती समेत गरिरहेका छन् । ‘भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट विश्लेषणपछि मात्रै लकडाउनबारे सोच्न सकिन्छ,’ कार्यदलका एक सदस्यले भने, ‘कोरोनाको सम्भावित महामारीलाई भित्रिन नदिन सरकार हरसम्भव लागेको छ, यसमा आम नागरिकबाट सरकारलाई सहयोगको खाँचो निरन्तर आवश्यक छ ।’ भारतबाट सरकारले सीमा नाकामा निगरानी बढाएपछि ५ लाखभन्दा बढी मानिस नेपाल भित्रिएका छन् । तिनीहरूबाट कोरोना भाइरस सर्नसक्ने आशंका गर्दै देशभरका प्रशासन कार्यालयलाई बाहिरबाट आएकाको निगरानी गर्न तथा अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । लकडाउन भएपनि दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले सुक्ष्मरुपमा काम गरिरहेको र यसमा उद्योगीरव्यवसायीलाई विशेष आग्रह गरिएको कार्यदलका सदस्यले बताए । चैत ११ गतेदेखि १८ गते बिहानसम्म लगाइएको लकडाउन सबैभन्दा बढी उल्लंघन नेपाल–भारत सीमा नाका र शहरी क्षेत्रमा हुने गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कोरोना थप नसर्ने भरपर्दो र विश्वसनीय आधार बनेपछि लकडाउनबारे सोचिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र १५ २०७६०१:०४:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend