आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमित व्यक्ति दुबईबाट आएर बुद्ध एयरको विमान चढे, संक्रमण धेरै फैलिएको आशंका

कोरोना संक्रमित व्यक्ति दुबईबाट आएर बुद्ध एयरको विमान चढे, संक्रमण धेरै फैलिएको आशंका

  • शनिवार, चैत्र १५ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमणको चौथो व्यक्तिको रुपमा धनगढीका फेला परेका पुरुष संक्रमितले चैत ८ गते बुद्ध एयरको विमानबाट काठमाडौं–धनगढी यात्रा गरेको खुलासा भएको छ । ती व्यक्ति दुबईबाट भारतको राजधानी दिल्ली हुँदै हवाई यात्राबाट काठमाडौं पुगेका थिए । त्यसपछि चैत ८ गते उनी काठमाडौंबाट नेपालगञ्ज बुद्ध एयरको विमानमा र नेपालगञ्जबाट धनगढी बसमा पुगेका थिए । बुद्ध एयर नेपालगञ्जका इन्चार्ज दिनेश साहले ती व्यक्तिले विमान यात्रा गरेको पाइएको पुष्टि गरे । चैत ८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमा राखिएपछि उनको थ्रोट स्वाबको नमूना परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएपछि ‘पोजेटिभ’ नतिजा आएको थियो । काठमाडौं–नेपालगञ्ज बुद्ध एयरमा हवाई यात्रा र त्यसपछि नेपालगञ्ज धनगढीसम्म बसको यात्रा गरेका कारण उनीबाट अरु धेरै व्यक्तिमा कोरोनाको संक्रमण फैलिएको हुनसक्ने अनुमान गर्न थालिएको छ । सेती प्रादेशिक अस्पतालले भने कोरोनाको संक्रमण पुष्टि भएका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यसअघि नेपालमा ३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र १५ २०७६१२:४९:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend