काठमाडौं – बिहीवार राति मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।
अस्पतालमा करीब २० घण्टा लामो उपचारपछि प्रधानमन्त्री ओली साँझ डिस्चार्ज भएका छन् ।
मुटुको धड्कन बढ्ने समस्या भएपछि प्रधानमन्त्री ओली बिहीवार राति साढे ११ बजे मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
स्वास्थ्य उपचारपछि पूर्णरुपमा स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । डिस्चार्जपछि उनी सरकारी निवास बालुवाटार फर्किएका प्रेस सल्लाहकार थापाले बताएका छन् ।
प्रधानमन्त्री ओलीको फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
उनलाई संक्रमणको उच्च जोखिम भएकाले भीडभाडमा नजान र विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।