आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीन सरकारले गर्रो शनिवारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा

चीन सरकारले गर्रो शनिवारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा

  • शुक्रवार, चैत्र १४ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौँ- कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा महामारी अन्त्यतिर गइसकेको घोषणा गरिएपनि पनि चीन खतराबाट पुर्णरुपले मुक्त भएको छैन  । चीनमा महामारी अन्यत्रबाट भित्रिन थालेको छ । पछिल्लो समय ग्वाञ्जाओमा पाकिस्ताबाट भित्रिएको पाँचौ कारोनो संक्रमिण व्यक्ति भेटिएको छ । कोरोनोको महामारी फैलिए यता ५३ जना पाकिस्तानी नागरिकहरु चीन पुगेको सरकारी तथ्याँकले देखाउछ । अन्यत्रबाट चीनमा कोरोना भित्रिनसक्ने खतरालाई मध्यनजर गर्दै चीन सरकारले भोलि शनिवारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा गरेको छ । चीनले विदेशी नागरिकको प्रवेशमा अस्थायी रोक समेत लगाएको छ । चीन सरकारले बिहीवार साँझ सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले भिसा तत्काल जारी नगर्ने र जारी गरेकाहरूलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ । तीन महिनाअघि कतिपय देशले चीनमा कोरोना भाइरस देखिएपछि चीनबाट आउने विमानलाई रोक लगाएका थिए । चीनले यसरी सबै सिमानाका तथा उडानहरु बन्द गर्नुले उसको कारोना नियन्त्रण गर्न सक्ने क्षमतामाथि प्रश्न चिन्ह उठेको छ । चीनियाँ जनताहरु वुहान जस्तै फेरि कारोना संक्रमण बढ्न सक्ने भन्दै त्रिसित देखिन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६०२:१६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend