आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारलाई कांग्रेसले दियाे सिधै दवाव, गरिव जनतालाई राहत माग

सरकारलाई कांग्रेसले दियाे सिधै दवाव, गरिव जनतालाई राहत माग

  • शुक्रवार, चैत्र १४ २०७६

  • 5.0K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसले लक डाउनका कारण अति निम्न वर्गमा जीवन चलाउन समस्या भएको भन्दै राहतको कार्यक्रम घोषणा गर्न सरकारलाई दवाव दिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर छिटो राहतको प्याकेज घोषणा गर्न माग गरेका हुन् । लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय गर्नुपर्ने विषयमा सरकार समक्ष कुरा गरिसकेको देउवाले बताएका छन् । ‘सार्वजनिक अपीलसाथ माग राख्दै पुनः सरकारको ध्यानाकर्षण गराउँदछु’, देउवाले भनेका छन् । ‘दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु’, देउवाले भनेका छन्, ‘दिनभर काम गरेर साँझ खाने वर्गलाई नै लक डाउनले सबैभन्दा बढी असर पुर्याएको छ ।’ ‘न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरि योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसंग माग गर्दछु’, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘लकडाउनका कारण प्राय सबै ब्यवसाय बन्द स्थितिमा छन् । यस्तो बेला खुद्रा ब्यापारीदेखि ठूला ब्यवसायीसम्मलाई असर पुग्नु स्वभाविक छ’, उनले भनेका छन्, ‘यसले राष्ट्रलाई दुरगामी असर पुर्याउन सक्दछ ।’ ‘२० लाखसम्मको ऋण लिएका साना ब्यवसायीलाई लकडाउनको असर र ब्यवसाय तंग्रिने अनुमानित अवधी समेत ख्याल गर्दै कम्तिमा ३ महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याज दर घटाउन माग गर्दछु’, सभापति देउवाले भनेका छन् । ‘ठूला ब्यवसायिका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधी ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकार समक्ष अपील गर्दछु’, उनले भनेका छन् । ‘साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेका छन् । सबै खाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरूलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु’, सभापति देउवाले भनेका छन् । सभापति देउवाले भनेका छन्, ‘विश्व स्वास्थ संगठनले सचेत हौँ भनेर अपील गरेको महिना दिन पुगिसक्दा पनि स्वास्थ्यकर्मीले अझै पर्याप्त पीपीइ नपाउनु लज्जास्पद कुरा हो ।’ ‘म सरकारलाई यथाशीघ्र पीपीइ, परीक्षण कीट, आइसोलेसन वार्ड र भेण्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपील गर्दछु’, देउवाले विज्ञप्तिमा भनेका छन् । नेपाली कांग्रेसले बिहीबार सरकारलाई कोरोना भाइरसविरुद्धको सरकारी कोषमा ५० लाख नगद सहयोग गरेको थियो । कांग्रेसका सांसदहरूले पनि आधा महिनाको तलव कोषमा दिएका छन् । लक डाउनका कारण अति निम्न वर्गका जनताले भोकै दिन कटाउनु परेका बेला सरकारले ध्यान नदिएको भनेर आलोचना भइरहेका बेला कांग्रेस सभापति देउवाले कडा रुपमा विज्ञप्ति जारी गर्दै राहतको कार्यक्रम घोषणा गर्न माग गरेका हुन् । कांग्रेसको मागले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई दवाव परेको छ । सरकारले कामभन्दा पनि गफ दिएको भनेर आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६१०:२१:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend