आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनासँग लड्न छाडेर स्वास्थ्यमन्त्री ढकालकै सामुन्ने यसरी लडे सचिव र महानिर्देशक !

कोरोनासँग लड्न छाडेर स्वास्थ्यमन्त्री ढकालकै सामुन्ने यसरी लडे सचिव र महानिर्देशक !

  • शुक्रवार, चैत्र १४ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौैं – कोरोना भाइरस संक्रमणको महामारीले विश्वभर त्रास फैलिएर सबैले कोरोना भाइरससँग लडिरहेका बेला स्वास्थ्य मन्त्रालयका सचिव र महानिर्देशक आपसमै लड्न थालेका छन् । नेपालमा समेत कोरोना भाइरसविरुद्ध लड्न भन्दै जनतालाई देशभर लकडाउन गरिएको छ । तर स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै सामुन्ने स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठले आपसमै लडाई गरेका छन् । मन्त्री ढकालकै सामुन्ने दुवैबीच ‘तँ तँ’ र म म’ भएको छ । सचिव कोइरालाले महानिर्देशकलाई कुराकानीका क्रममा तँ भनेर सम्बोधन गरेपछि महानिर्देशकले प्रतिवाद गर्दा विवाद भएको हो । ‘महानिर्देशकले पनि उसैगरी उत्तर दिनुभयो, त्यसपछि चर्काचर्की भएको हो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो । मन्त्रालय स्रोतका अनुसार कोइराला र श्रेष्ठका बीचमा पुरानै द्वन्द्व भएपनि अहिले सतहमा आएको हो । यादव सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा नै समायोजनको विषयमा दुई जनाबीच निकै ठूलो विवाद भएको चर्चा कर्मचारी वृत्तमा थियो । ‘सचिव अलि हेपाहा स्वभावका छन् । उनले पहिले पनि पटक–पटक श्रेष्ठलाई अपमान गरिरहेको हल्ला मन्त्रालयमा भइरहन्थ्यो,’ कोइरालालाई नजिकबाट चिन्ने एक सहसचिवले भने । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण रोक्न भूमिका निर्वाह गर्न नसकेको, स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरण दिन नसकेको भनेर आलोचना भइरहेका बेला मन्त्रालयका कर्मचारी आपसमै झगडा गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६०९:५२:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend