शुक्रवार, चैत्र १४ २०७६
काठमाडौं– विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसले चौतर्फी हानी पुराएको छ। देशको अर्थतन्त्र, मानिसको दैनिकी र स्वास्थ्यमा गम्भिर हानी पुराएको यो भाइरसको असर पत्रपत्रिकामा समेत देखिएको छ।
यसैको मार देशको नम्बर १ कान्तिपुर दैनिकले समेत खेपेको छ। कान्तिपुर व्यवस्थापनले कोरोना भाइरसका कारण केही समयका लागि आफ्नो प्रकाशन बन्द गर्ने निर्णय गरेको छ।
शुक्रबार विशेष प्रकाशकीय लेख्दै कान्तिपुर मिडिया ग्रुपले केही समयका लागि कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुने जनाएको छ।
स्थितिमा सुधार आउनासाथ पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिने र नियमित ग्राहकहरूले हाल बन्द गरिएको अवधिको पत्रिकाका अतिरिक्त अंक पाउने व्यवस्था मिलाइने केएमजीले जनाएको छ । यसअघि नै सबैजसो साप्ताहिक पत्रिका बन्द भइसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।