काठमाडौं – चीनको वुहानबाट सुरू भएको नोबेल कोरोना भाइसरबाट हालसम्म संक्रमण हुनेको संख्यामा सयुक्त राज्य अमेरिका सबैभन्दा धेरै संख्याका साथ पहिलो नम्बरमा देखिएको छ ।
बिहीवारसम्म संक्रमितको संख्याका आधारमा अमेरिका तेस्रो नम्बरमा थियो । तर शुक्रबार बिहानसम्मको अवस्था हेर्दा अमेरिका विश्वमै पहिलो बनेको छ ।
अमेरिकामा एकैदिन १७ हजार संक्रमित फेला परेका छन् । अमेरिकामा संक्रमितको संख्या ८५ हजार २८० पुगेको छ ।
चीनमा हालसम्म करीब ८१ हजार ७ संक्रमित देखिएका छन् । अर्काे प्रभावित राष्ट्र इटालीमा करीब ८० हजार ५०० संक्रमित देखिएका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ ।
भाइरस संक्रमण रोक्नका लागि सरकारले प्रयासहरू जारी राखेको भएपनि अमेरिकामा यो संख्या १ लाखभन्दा बढी पुग्ने अनुमान गर्न थालिएको छ । यहाँ कोरोनाको संक्रमणबाट उपचार गरी रिकभर हुनेहरूको संख्या एकदमै नगन्य छ ।
अमेरिका सबै राज्य कोरोना महामारीका कारण प्रभावित छन् । जसमध्ये न्यूयोर्क राज्य सबैभन्दा बढी प्रभावित देखिन्छ । यस राज्यमा बिहीबारसम्म ३७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यसै राज्यका भने ३८५ जनाले ज्यान गुमाएका छन् ।
न्यूयोर्क राज्यका पाँच बोरो अर्थात् पाँच शहरमा मात्रै २१ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यी पाँच शहरमा करीब १ करोड मानिस बसोबास गर्दछन् । दोस्रो धेरै प्रभावित हुने राज्यमा न्यूयोर्कसँगै जोडिएको राज्य न्यूजर्सी रहेको छ । जहाँ ६ हजार ८०० जना संक्रमित भएका छन् भने ८१ जनाले ज्यान गुमाएका छन् ।
त्यसपछि क्रमशः क्यालिफोर्निया, मिचिगन, वासिङटन, फ्लोरिडा, लुजिआना, पेन्सलभेनिया, टेक्सास, जर्जिया, कनेक्टिकट, टेनिसी राज्यमा १ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । अन्य राज्यहरूमा संक्रमितको संख्या केही कम भएपनि सबै राज्यमा यसको प्रभाव प्रतिदिन बढीरहेको छ ।
अमेरिकाका प्रायः राज्यहरूमा त्यहाँका गर्भनरले अत्यावश्यक बाहेकका पसल बन्द गर्नु भन्ने आदेश दिएको भएपनि पछिल्लो तीन दिनको गतिविधि हेर्दा मानिसहरूको चहलपहल उस्तै देखिन्छ । बिहीवार धेरै मानिसहरू घर बाहिर निस्किएका देखिएका थिए ।
विश्वभरका देशहरूमा महामारीको फैल्याएको कोरोना भाइरसका संक्रमितको संख्यामा अमेरिका पहिलो हुँदा समेत सरकारले पूरै देश लकडाउन गर्नेबारे कदम चाल्ने संकेत देखिएको छैन । यहाँका सरकार प्रमुखहरूले अबको दुई साताभित्र पूरै नियन्त्रणमा आउने भनेर दैनिक प्रेस ब्रिफिङ गरिरहेका छन् ।
प्रायः राज्यका अस्पतालहरू भरिभराउ रहेको स्थानीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् । मानिसहरूलाई घरबाटै अनलाइन आवेदन भरेर मात्रै अस्पताल वा स्वास्थ्य संस्थामा जान भनिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।