आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना महामारीमा युरोपेली देशमा फसे नेपालीहरू, विपत्तिको बेला सहयोग गर्न अपिल

कोरोना महामारीमा युरोपेली देशमा फसे नेपालीहरू, विपत्तिको बेला सहयोग गर्न अपिल

  • शुक्रवार, चैत्र १४ २०७६

  • 3.5K
    SHARES

  • काठमाडौं – विना भिसा युरोपेली मुलुकमा बसेका नेपालीलाई सहयोग गर्न सरकारले ईयू राष्ट्रलाई पत्राचार गरेको छ । दूतावासमार्फत कूटनीतिक नोट पठाउँदै सरकारले महामारीको समयमा सहयोग गर्न औपचारिक आग्रह गरेको हो । युरोपेली मुलुक स्पेन, पोर्चुगल, इटाली, जर्मनी, बेल्जियम र स्वीट्जरल्याण्ड लगायत युरोपेली मुलुकमा त्यस्ता नेपाली रहेको जानकारी दूतावासमा आएको भन्दै ख्याल गरिदिन आग्रह गरेको हो । गैरआवासीय नेपालीले दिएको सूचनाको आधारमा युरोपमा रहेको सबैजसो दूतावासबाट आ–आफ्नो क्षेत्रमा पर्ने मुलुकलाई त्यस्तो पत्राचार गरेको हो । कोरोना भाइरसको संक्रमण सुरू भएपछि एकअर्का मुलुकमा रहेका नागरिकलाई सबैखाले सहयोग र उद्धार गर्ने नीति अनुरुप नै त्यस्तो पत्राचार गरिएको पेरिस र जेनेभास्थित नेपाली दूतावासका अधिकारीले बताएका छन् । जेनेभास्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले स्वीट्जरल्यान्ड र इटाली सरकारलाई लेखेको छ भने पेरिसस्थित दूतावासले पोर्चुगल र फ्रान्सलाई लेखेको छ । स्पेनस्थित नेपाली दूतावासले पनि त्यहाँको सरकारलाई विशेष आग्रह नै गरेको छ । युरोपेली महासंघ (ईयू) का लागि नेपाली दूतावासले पनि त्यस्तै आग्रह बेनेलक्स मुलुकलाई गरेको छ भने डेनमार्कस्थित दूतावासले स्कन्डिभियन मुुलुकलाई गरेको छ । स्वीट्जरल्याण्ड र फ्रान्सका नेपाली दूतावासले यो कदम चालेपछि अन्यले त्यसलाई पछ्याएका हुन् । जर्मनी र बेलायतस्थित दूतावासले पनि त्यस्तो पत्राचार गरिसकेको छ । संक्रमणका बेला युरोपका सबैजसो मुलुक एकअर्कामा सम्पर्कविच्छेदझै छन् । त्यहाँ रहेका नेपालीले कुनै प्रकारको कठिनाइ भोग्न नपरोस् भनेर सरकारको निर्देशन अनुरुप दूतावासले पत्राचार गरेको जानकारी दिइएको छ । परराष्ट्रसचिव शंकरदास बैरागीले सबै नियोगलाई सबैखाले नेपालीको अवस्थामा ध्यान दिन निर्देशन गएको र त्यही अनुरुप काम गर्न उनीहरू स्वतन्त्र रहेको बताए । सबैले पठाएको कूटनीतिक नोटमा आइपरेको मानवीय समस्यामा भरथेग गरिदिन अनुरोध गरेका छन् । वैधानिक अवैधानिक जुन तरिकाले बसेका भएपनि मानवीय हिसाबमा उत्तिकै सहयोग आवश्यक पर्ने सचिव बैरागीले बताए । अहिले युरोपका कुुनै पनि मुलुकबाट स्वदेश फर्कन सक्ने अवस्था छैन । उनीहरूको आग्रहपछि त्यहाँको सरकारले पनि नेपाली नियोगलाई आफ्ना नागरिकलाई पनि नेपालमा ख्याल गरिदिन भनेका छन् । कूटनीतिमा रेसिप्रोसिटी रहने हुनाले यसमा नेपालले आफ्नै नागरिक सरह नै सहयोग गर्ने वचन दिएको छ । खासगरी नेपाली कागजी प्रक्रिया पूरा गर्ने क्रममा रहेका र भिसा नभएका मात्र होइन घुम्न आएकालाई पनि ध्यान दिन दूतावासले भनेको छ । इटाली, स्पेन, पोर्चुगलमा केही नेपाली कागजी प्रक्रियामा जोडिएका हुनसक्ने आकलन दूतावासको छ । तिनलाई घर बाहिर निस्कन मुस्किल मात्र होइन, पैसा अभावमा खान बस्न नै समस्या रहेको हुनसक्ने भन्दै त्यस्तालाई सहयोग गर्न दूतावासले पत्राचार गरेको हो । पछिल्लो समय साइप्रसमा रहेको नेपाली पनि त्यस्तै समस्यामा परेको अधिकारीको जानकारीमा आएको छ । साइप्रसमा अध्ययनका लागि जाने र घरायसी कामदारको रुपमा जानेहरु अहिले समस्याका परेको अधिकारीले बताए । इजरायलले त्यहाँ हेर्ने हुनाले इजरायलबाट त्यस्तो पहल गर्न परराष्ट्र मन्त्रालयले यसअघि नै निर्देशन दिइसकेको भए पनि अझै त्यहाँको विषयमा सरकार स्पष्ट हुन सकेको छैन । नेपाली पनि कागज नबन्ला भन्ने पिरले अझै बाहिर आएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६१२:४५:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend