काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बाग्लुङका नेता देवेन्द्रकुमार घर्ती मगरले काठमाडौंमा रहने जिल्लाबासीलाई जस्तोसुकै सहयोग गर्ने तयार रहेको घोषणा गरेका छन् ।
कोरनाविरुद्ध नेपाल लक डाउनको पहिलो दिन मंगलवार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘बाग्लुङ स्थायी घर भइ काठमाडौंमा बसोबास गर्ने आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार ! विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सबैलाई रुवाएको छ । यसको असर नेपालमा पनि बिस्तारै देखिन लागेको तपाईं–हामी सबैलाई अवगत नै छ । यस्तो अवस्थामा सरकारले आवश्यक कदम चालिसकेको र देश नै १८ गतेसम्मको लागि लकडाउन गरिसकेको छ । यो अवस्था अझै लम्बिने स्थिति पनि छ । यस्तो अवस्थामा धैर्य गरी अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कनु होला । यो स्थितिमा आदरणीय बाग्लुङका दाजुभाइ तथा दिदीबहिनीहरू तपाईंहरूलाई कुनै किसिमको समस्या परेमा मलाई सम्झनुहोला, सक्ने सहयोग गर्नेछु । जय नेपाल !’
उनको फेसबुकमै सम्पर्क मोबाइल उपलब्ध गराएका छन् । नेता देवेन्द्रकुमार घर्ती मगरको सम्पर्क नम्बर ९८५१०४०३४६ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।