आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना विरुद्धको लडाइँमा कांग्रेसी मेयरले गरे कमाल ! नगरबासी मजदुर खुसीले गदगद्

कोरोना विरुद्धको लडाइँमा कांग्रेसी मेयरले गरे कमाल ! नगरबासी मजदुर खुसीले गदगद्

  • बिहिवार, चैत्र १३ २०७६

  • 8.5K
    SHARES

  • भोजपुर – कोरोना भाइरसको महामारीबाट बच्न सरकारले ‘लक डाउन’ गरेका कारण समस्यामा परेका मजदुरहरूलाई नेपाली कांग्रेसबाट निर्वाचित मेयरले नेतृत्व गरेको भोजपुर नगरपालिकाले खाद्य सामाग्री वितरण गरेको छ । बिहीबार भोजपुर नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने अति विपन्न परिवारलाई खाद्य सामाग्री बितरण गरिएको नेपाली कांग्रेस भोजपुरका जिल्ला सचिव समेत रहेका मेयर कैलाशकुमार आलेले बताएका छन् । सरकारद्वारा आह्वान गरिएको ‘लक डाउन’का कारण ज्याला मजदुरी गरेर खाने अति विपन्नहरूलाई राहत मिलोस् भनेर खाद्य सामाग्री वितरण गरिएको मेयर आलेले बताए । उनले आवश्यकताअनुसार ज्याला मजदुरी गरेर गुजारा गर्ने परिवारलाई खाद्य लगायतको सहयोग गरिने बताए । मेयर आलेले भोजपुर नगरपालिकाका बासिन्दालाई खाद्य, स्वास्थ्यसहित अत्यावसेक सेवाहरूलाई सहज बनाउने बताए । ‘नगरबासीलाई समस्या नहोस् भनेर हामी सचेत छौं,’ उनले भने, ‘हामीले तयारीहरू पनि गरेका छौं ।’ मेयर आलेले लक डाउनलाई सहयोग गर्न आग्रह गर्दै समय–समयमा साबुन पानीले हात सफासँग धुन आग्रह गरेका छन् । त्यसका लागि १० सार्वजनिक स्थानहरूमा स्यानिटाइजर, साबुन तथा पानीको व्यवस्था गरिएको मेयर आलेले बताए । ‘सर्वसाधारणलाई साबुन पानीले हात धुने र जनचेतनाको अभियान पनि चलाएका छौं,’ मेयर आलेले भने, ‘स्वास्थ्य सुरक्षाका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपील पनि गरेका छौं ।’ भोजपुर नगरपालिकाले आफ्ना नगारिकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर दुई स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । दुई स्थानमा गरी ६० बेडको क्वारेन्टाइन बनाइएको मेयर आलेले बताए । यसैबीच, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले कोरोना संक्रमणबाट जोगिनका लागि साबुन पानीले हात धुन आग्रह गरेका छन् । उनले आफ्नो घरगाउँमा आएका नयाँ व्यक्तिलाई निगरानी गरेर सेल्फ क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १३ २०७६०३:४६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend