आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाविरुद्ध लड्न रोजगार व्यवसायी संघले सरकारलाई १ करोड सहयोग गर्ने घोषणा

कोरोनाविरुद्ध लड्न रोजगार व्यवसायी संघले सरकारलाई १ करोड सहयोग गर्ने घोषणा

  • बिहिवार, चैत्र १३ २०७६

  • 3.0K
    SHARES

  • काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ रकम जम्मा गर्ने घोषणा गरेको छ । संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकम (करीब ९५ करोड रुपैयाँ) को व्याजबाट प्राप्त हुने रकममध्ये १ करोड रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरिएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिएका छन् । सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाएर कामदार विदेश पठाउने संख्याका आधारमा नगद र बैंक ग्यारेन्टी गरी २ करोड, ४ करोड र ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । सोही अनुरुप म्यानपावर कम्पनीले ४ अर्ब ३३ करोड रुपैयाँ नगद धरौटी राखेका थिए । नगद धरौटी रकमको १० प्रतिशत बराबर हुन आउने रकम ९५ करोडको (हालसम्मको) २५ प्रतिशत व्याज व्यावसायिक कल्याणकारी कोषमा आउने रकमबाट नै सरकारले खडा गरेको कोषमा रकम राख्ने निर्णय गरिएको श्रेष्ठले जनाएका छन् । संघले १ करोड रुपैयाँ कामदार उद्धार कोषमा समेत जम्मा गर्ने निर्णय गरेको छ । चीनबाट सुरू भएको कोरोना भाइरस संक्रमणका कारण यतिबेला विश्वमा महामारीको रुप लिइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १३ २०७६०३:२१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend