आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरस संक्रमणबाट नेपालीको मृत्यु, मृत्युपछि अस्पतालले गर्‍यो पुष्टि

कोरोना भाइरस संक्रमणबाट नेपालीको मृत्यु, मृत्युपछि अस्पतालले गर्‍यो पुष्टि

  • बिहिवार, चैत्र १३ २०७६

  • 3.6K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीको रुपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा रहेका एक जना नेपालीको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी पुख्र्याैली घर भएका ४० वर्षीय प्रशान्त अर्याल छन् । उपचारको क्रममा अर्यालको गत सोमवार मृत्यु भएको भएपनि अस्पतालले उनको मृत्युको कारण कोरोना संक्रमण रहेको पुष्टि बिहीबार गरेको गैरआवासीय नेपाली संघ (एनआरएन) का अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य रामशरण सिँखडाले बताएका छन् । शनिवार अचानक स्वास्थ्यमा समस्या देखिएपछि अर्याललाई उपचारका लागि स्थानीय क्वीन एलिजावेथ अस्पताल भर्ना गरिएको थियो । बेलायतस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बेलायतमा कोरोना संक्रमणबाट २ जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । यसअघि कोरोनाको संक्रमणबाट पुर्ख्यौली घर संखुवासभा भएका लण्डनको ह्यारो निवासी ६६ वर्षीय पूर्वगोर्खा सैनिक लिलाबहादुर राईको समेत मृत्यु भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १३ २०७६०२:१९:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend