बिहिवार, चैत्र १३ २०७६
इटहरी– इटहरी उपमहानगरपलिकाका मेयर द्वारिकलाल चौधरी फेरी एक पटक विवादित बनेका छन्। यसअघि पनि पटक पटक विवाद तानिएका उनी कोरोना भाइरसको सन्त्रास बढेका बेला मिडियालाई गाली गरेर विवादित बनेका हुन्।
यसअघि उनी पत्रकारलाई लोपारेर र नाकको डाँडी भाचिदिन्छु भनेर विवादित बनेका थिए। कोरोनाको बिरुद्दको तयारीको बारेमा फोन सम्पर्क गरेको इटहरीको एरिना टेलिभिजनका प्राविधिकलाई अपशब्द प्रयोग गर्दै गालि गरेका हुन् ।
कोरोनाको महामारीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवहाक दिएर हाल सम्म देखा नपरेका चौधरीलाई एरिना टिभीले फोन सम्पर्क गर्न खोजेको थियो ।
इटहरीमा रहेको एरिना टेलिभिजनका प्राबिधिकले इटहरीमा कोरोना भाईरसको त्रास तथा अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गालि गरेका हुन् ।
'मेयर साब नमस्कार एरिना टेलिभिजनबाट बोलेको सरु प्राविधिकले भनेका छन। त्यसपछि चौधरीले भनेका छन्,‘फोन राख मु...जी,फोन राख मा..दरचुत ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।