बिहिवार, चैत्र १३ २०७६
काठमाडौं– विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरस बारे जनचेतनाको फैलाउन कांग्रेस युवा नेता मीन कृष्ण महर्जन ललितपुर क्षेत्र नम्बर १ गिम्दिमा छन्।
ललितपुर क्षेत्र नम्बर १ दोस्रो कर्णाली मानिन्छ। महर्जन टोली सहित माइकिङ गर्दै हिडिरहेका छन् । हिजो देखि सुरु गरेको जनचेतना मुलक कार्यक्रममा महर्जनको साथमा बागमती गाउँपालिका प्रवक्ता तथा ३ नम्बर वडा अध्यक्ष बिष्णु तिमल्सिना र २ नम्बर वडा अध्यक्ष विजय कुमार लों, वडा सदस्य नबराज खड्का, नेपाल विद्यार्थी संघ ललितपुर जिल्ला सचिब दिपक घिमिरे (समिर) तरुण दल जिल्ला सदस्य सुशील खड्का, मुकुन्द तिमल्सिना लगायत छन् । महर्जन सामाजिक कार्यमा निकै सक्रिय मानिन्छन्।
महर्जन उक्त प्रदेशमा झिनो मतले पराजित भएका थिए। महर्जनले २०७२ सालको माहामारी विनासकारी भुकम्पमा आफ्नो ज्यान जोखिममा राखी प्रत्येक गाउँ–गाउँमा गएर राहत वितरण गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।